Panchhi

Lyrics

Panchhi

"Panchhi" is a song by Subani Moktan. It appears on the album Panchhi - Single. 9Lyrics shows its lyrics line by line in time with the music, so you can follow along as the song plays. Use the player to hear the track or browse more songs by Subani Moktan.

YouTube

Lyrics

म छु यहाँ, मन छ मेरो सागर पारि

जाऊँ भने कसले लगिदिने तारी

सपना ठूला, नथाक्ने पाइला

एकै ठाउँमा बसिरहनै नसक्ने

सके त पन्छीझैँ उडी जान्थेँ

यो निलो आकाशमा रङ्गीचङ्गी पंख फिजाउँथेँ

कोही आइ दिए मलाई एक वरदान

सबैसँग बिदा लिई भर्ने थिएँ उडान

उडी जाऊ, उडी जाऊ

उडी जाऊ, उडी जाऊ

मेरा यी आँखाले हेर्न चाहन्छ पुरै संसार, पुरै संसार

उड्न पाए सित्तै, देख्ने थिएन कसैले दोहोर्‍याई मेरो मुहार

के आफैँलाई माया गर्न सिकेँ अब मैले

बाटो देखाउलान् ती ताराहरू र जूनले

मेरो माया नबिर्सिनु म नहुँदा

टुट्दैनन् धागोहरू सम्बन्धका

घाम लाग्दैछ, वर्षा हुँदैछ

यो यात्री तिम्रैतिर बढिरहेछ

सके त पन्छीझैँ उडी आउथ्ये

यो निलो आकाशमा रङ्गीचङ्गी पंख फिजाउँथेँ

कोही आइ दिए मलाई एक वरदान

सबैसँग बिदा लिई भर्ने थिएँ उडान

उडी जाऊ, उडी जाऊ

उडी जाऊ, उडी जाऊ

(उडी जाऊ, उडी जाऊ)

(उडी जाऊ, उडी जाऊ)

Now Playing