Tyo Aankha
"Tyo Aankha" is a song by Apurva Tamang. It appears on the album Tyo Aankha - Single. 9Lyrics shows its lyrics line by line in time with the music, so you can follow along as the song plays. Use the player to hear the track or browse more songs by Apurva Tamang.
Lyrics
मन मेरो डराउँछ, पुराना कुराहरूले
माया गर्नै आएन होला त्यसैले
तिम्रो आँखालाई हेरी, फेरि माया बल्झिन्छ
तर अड्किन्छ यो मन डरले
के भुलाइदिन्छौ त्यो कुराहरू?
माया गर्न सिकाइदिन्छौ फेरि?
के हटाइदिन्छौ त्यो डरहरू?
भनिदेऊ न
त्यो आँखाले नयाँ किरण दिन्छ
छुँदाखेरि मन पग्लिन्छ
ओइलिएको मन फेरि फुलाइदिन्छ
त्यो आँखाले नयाँ किरण दिन्छ
छुँदाखेरि मन पग्लिन्छ
ओइलिएको मन फेरि फुलाइदिन्छ
बस्नु छ मलाई तिम्रो छायामा सधैँ
तर तोडी जान्छौ कि मन उस्ले जस्तै
सामु आउँदा तिमी अँगालोझैँ लाग्छ
फेरि मन बद्लिनु नि कति समय लाग्छ
के भुलाइदिन्छौ त्यो कुराहरू?
माया गर्न सिकाइदिन्छौ फेरि?
के हटाइदिन्छौ त्यो डरहरू?
भनिदेऊ न
त्यो आँखाले नयाँ किरण दिन्छ
छुँदाखेरि मन पग्लिन्छ
ओइलिएको मन फेरि फुलाइदिन्छ
त्यो आँखाले नयाँ किरण दिन्छ
छुँदाखेरि मन पग्लिन्छ
ओइलिएको मन फेरि फुलाइदिन्छ
मनलाई फेरि बुझाउँछु, अन्तिम पल्टलाई अब
तिमीमै पाएँ, जे खोजिरहे थिएँ
त्यो पहाड चढ्दैछु, जहाँबाट खसे थिएँ
अब समाइदेऊ यो हात जहिल्यै